लैंगिक हिंसा भएमा खबर गरौं

लैङ्गिक हिंसा खबर गरौं

लैङ्गिक हिंसा कसरी रिपोर्ट गर्ने?

लैङ्गिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारका सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले ११४५मा निशुल्क फोन गरी खबर गर्नसक्नेछन। सबै जानकारी गोपनीय राखीनेछ। हेल्पलाईनमा खबर निम्न तरिकाले गर्न सकिन्छ:

“खबर गरौं ११४५” (हेल्पलाईन) को प्रयोग कसले गर्न सक्दछन् ?

  • हिंसामा परेको व्यक्ति स्वयंले
  • हिंसाका घटना घट्न सक्छ भनेर थाहा पाउने व्यक्तिले
  • लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथाम सम्बन्धी काम गर्ने संघ संस्थाहरूले
  • अन्य जुनसुकै व्यक्तिहरूले

“खबर गरौं ११४५” (हेल्पलाईन) को प्रयोग कहिले गर्न सकिन्छ ?

“खबर गरौं ११४५” (हेल्पलाईन) सेवा हप्ताको सातै दिन २४सै घण्टा उपलब्ध रहने छ ।

“खबर गरौं ११४५” (हेल्पलाईन) मा उपलब्ध सेवाहरू के के छन् ?

यो सेवा अन्तर्गत हिंसावाट प्रभावित महिला र बालिकालाई राहत दिनका लागि हिंसामा परेमा निज व्यक्ति वा परिवारलाई टेलिफोन मार्फत परामर्श, सहयोग, सल्लाह वा सुझाव दिने गरिन्छ । साथै आवश्यकता अनुसार यस परियोजनाका साझेदार संस्थाहरूसँगको सहकार्यमा तल उल्लेखित सेवाहरू पनि उपलब्ध गराइन्छ

  • अति हिंसामा परेका महिला तथा किशोरीहरूका लागि सुरक्षित बास
  • कानुनी परामर्श तथा उपचार सेवा
  • १८ वर्ष मुनिका प्रभावितलाई विशेष सेवा
  • मनोसामाजिक परामर्श सेवा
  • आधारभूत स्वास्थ्य सेवा